PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यौन दुर्व्यवहार मुद्दामा अनुराग कश्यपमाथि सोधपुछ



पहिलोपोस्ट

यौन दुर्व्यवहार मुद्दामा अनुराग कश्यपमाथि सोधपुछ

यौन दुर्व्यवहारको आरोपमा मुम्बई प्रहरीले बलिउड निर्देशक अनुराग कश्यपमाथि सोधपुछ गरेको छ। अनुराग विहान वर्सोवा थानामा सोधपुछका लागि पुगेका थिए।

अनुरागमाथि कलाकार पायल घोषले यौन दुर्व्यवहारको आरोप लगाउँदै उजुरी दिएकी छन्। उनकै उजुरीका आधारमा आज अनुरागको वयान लिइएको हो। सोधपुछसँगै पीडित पायललाई मेडिकल परीक्षण गर्न कपुर अस्पताल लगिएको छ।

अनुरागसँग सोधपुछ भइरहँदा पीडित पायलले ट्वीटरमार्फत न्याय मिल्ने आशा व्यक्त गरेकी छन्।

भारतीय मिडियाले अनुरागमाथि थुप्रै धारामा उजुरी दर्ता भएकाले गिरफ्तारी हुनसक्ने अनुमान पनि लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell