काठमाडौं : यतिबेला चीन र अमेरिकाबीच आर्थिक तथा कुटनीतिक टकराब चलिरहेको छ। अमेरिकाले चिनियाँ टेक कम्पनीमाथि प्रतिबन्धको श्रृङ्खलालाई अगाडि बढाएको छ। अमेरिकाले सामाजिक सञ्जाल विच्याट र टिकटक माथिको प्रतिवन्धको घोषणा गरेको छ। साथै हुवावे माथिको प्रतिबन्ध जारी छ।
त्यस्तै, २०१९ मै अमेरिकाले चीनका अन्य प्राविधिक कम्पनी र तिनका उत्पादन माथि प्रतिबन्ध लगाएको थियो। जसमध्ये छन्दु हेइक्वाङ इन्ट्रिगेटेड सर्किट र उसका दुई साझेदार, छन्दु हेइक्वाङ माइक्र इलेक्ट्रोनिक टेक्नोलोजी र उसका दुई साझेदार, हेइगोन र उसका पाँच साझेदार, सुगोन र उसका ९ साझेदार तथा वुसी जियाङनान इन्स्टिच्यूट अफ कम्प्युटिङ टेक्नोलोजी र उसका दुई साझेदार माथि प्रतिवन्ध लगाइएको छ।
अमेरिकाले चिनियाँ म्यासेजिङ एप विच्याट माथि प्रतिबन्ध लगाएपछि चीनमा रहेका अमेरिकी नागरिकसमेत प्रभावित भएका छन्। चीनमा वीच्याट प्रभावकारी म्यासेजिङ एपको रुपमा रहँदै आएको छ। यस्तोमा अमेरिकी नागिरकले आफ्ना परिवार तथा आफन्तजनसँग पनि सम्पर्क स्थापित गर्न नपाउने भएका छन्।
चिनियाँ टेक कम्पनी अमेरिकी निसानामा परेको पहिलो भने होइन। यसअघि पनि पटकपटक विदेशी टेक कम्पनीमाथि अमेरिकाले प्रहार गर्दै आएको इतिहास छ। जबजब विदेशी टेक कम्पनी अगाडि आउँछन् उनीहरुलाई धरासायी पार्नका लागि अमेरिकाले प्रतिबन्ध लगाउँदै आएको छ।
यसका उदाहरण हुन् जापानको तोसिवा र फ्रान्सको अल्स्टोम। यी दुई कम्पनीलाई अमेरिकाले प्रतबन्ध लगाउँदै सुरक्षा, भ्रष्टाचार लगायतको अभियोग लगाएको थियो।
अहिले चिनियाँ टेक कम्पनी निसानामा परे जस्तै त्यतिबेला जापानी कम्पनी तोसिवा परेको थियो।
तोसिवामाथि राष्ट्रिय सुरक्षा चुनौतीको आरोप
१९८७ जुन ३० मा अमेरिकी सिनेटमा मतदान भयो तोसिवामाथिको प्रतिबन्धको विषयमा वेस्टर्न मिलिटरी सेक्युरिटीमा सुरक्षा चुनौती पुर्याएको भन्दै सिनेटले मतदान गरी प्रतिबन्ध लगाइयो। तोसिवामात्र होइन, नर्वेको एक कम्पनीमाथि अमेरिकामा पाँच वर्षसम्म व्यापार गर्न प्रतिबन्ध लगाइयो। त्यतिबेला नर्वेको सो कम्पनीले सवमरिन प्रविधि सोभियत युनियनलाई बिक्री गरेको थियो।
जापानको तोसिवा र नेर्वेको सरकारी स्वामित्वको हतियार कम्पनी कोङसवर्ग भापेनफाब्रिकमाथि प्रतिबन्ध सम्बन्धि विधेयक सिनेटबाट पास भयो।
त्यतिबेला तोसिवाको ब्यापार बढिरहेको थियो। त्यतिबेला वार्षिक रुपमा २२.७ बिलियन डलरको ब्यापार गर्न थालिसकेको थियो। जसको १५ प्रतिशत हिस्सा अमेरिकामा थियो।
जापानको सेमी कन्डक्टर कम्पनीले अमेरिकी कम्पनीलाई पछाडि धकेल्यो। १९८७ आइपुग्दा ८० प्रतिशत सम्म डीआरएएम (डाइनामिक रेन्डम एसेस मेमोरी) को हिस्सा तोसिवामा आइपुगेको थियो। जापानको मुख्य कम्पनी त्यतिबेला अमेरिकाको तारोमा पर्यो 'राष्ट्रिय सुरक्षा चुनौती'को रुपमा। तोसिवा र नर्वेको मिलिटरी कम्पनीले १९८६ मा सोभियत युनियनलाई गुपचुप रुपमा मरिन सम्बन्धि सामाग्रि वितरण गरेका थियो।
सोभियत युनियनलाई सामाग्री बेचेर आफ्नो सुरक्षामा चुनौती थपेको भन्दै वासिङटनले तोसिवाका सबै उत्पादनलाई २१ देखि ५ वर्षसम्मका लागि प्रतिबन्ध लगायो। तोसिवामाथि त्यतिबेला कोअर्डिनेटिङ कमिटी फर मल्टिलेटरल एक्सपोर्ट कन्ट्रोल (कोसीओएम) सम्बन्धी समझदारीलाई उल्लंघन गरेको थियो। यो समझदारीले सदस्यहरुलाई सोभियत युनियनलाई हतियार अथवा मेसिन बेच्न प्रतिबन्ध लगाएको थियो।
यससँगै तोसिवा अनेक स्कान्डलमा फस्दै गयो। तोसिवाका दुई वटा व्यवस्थापक जेल परे। अधिकांश उच्च अधिकारीले राजिनामा दिन बाध्य भए। तोसिवाले त्यतिबेला अमेरिकाका अधिकांश पत्रिकामा ९ लाख ५० हजार डलर बढीको विज्ञापन दिएर माफी माग्ने प्रयास समेत गरेको थियो।
तर, पनि उसको विश्व बजारमा बन्दै गरेको शाख भत्किँदै गयो। यसका अधिकांश कागजपत्रहरु सीआईएको अनुसन्धानमा नियन्त्रणमा लिइए। १९८७ जुलाई १ मा अमेरिकन कन्जरभेटिभ युनियनका अध्यक्ष डभिड नीसहित उनका समर्थकहरुले तोसिवाको रेडियोमा तोडफोड गरे।
यसको प्रभाव युरोपमा पनि पर्यो। अमेरिकी अलाइहरुले युरोपमा पनि उनमाथि प्रहार गर्न थाले।
तोसिवा माथि प्रतिबन्ध लगाउँदै गर्दा अमेरिकाले आफ्ना युरोपेली अलाइमाथि भने आँखा बन्द गरेको थियो। नर्वेको प्रहरीको एक सर्भेले त्यतिबेला नै कोसीओएमका अन्य सदस्य देशहरु फ्रान्स, इटली र पश्चिम जर्मनीले पनि त्यस्ते किसिमका मेसिनहरु सोभियत युनियनलाई बिक्रि गरेका थिए। तर, तारो तोसिवामाथि पर्यो।
तोसिवामाथिको त्यो छनोटपूर्ण प्रहार राष्ट्रिय सुरक्षासँग मात्र जोडिएको थिएन। थियो त अमेरिकी टेक कम्पनी माथिको चुनौती। अमेरिकाले आफ्ना देशका कम्पनीलाई तोसिवाको चुनौतीबाट जोगाउन चाहन्थ्यो।
तोसिवाको चिप्सको व्यापार खस्किँदै गयो। अन्तत २०१८ मा आइपुग्दा तोसिवाले अमेरिकी वायन क्यापिटललाई चिप्स युनिट १८ बिलियन डलरमा बिक्रि गर्यो। वायनमा एप्पल, डेलसहितका टेक कम्पनीको संलग्नता छ।
अल्सटोम कान्ड
सन् २०१९ मा हुवावेका संस्थापक रन जङफईको एउटा भिडियो इन्टरभ्युका क्रममा एउटा पुस्तक उनको टेवलमा देखिएको थियो- 'दी अमेरिकन ट्र्याप'। पुस्तक फ्रान्सेली उर्जा कम्पनी अल्टोम माथिको अमेरिकी टेकओभरको विषयमा छ।
यो पुस्तकले २०१९ मा चीनमा बेस्ट सेलरको रेकर्डसमेत कायम गर्यो।
फ्रेन्स भाषामा प्रकाशित यो पुस्टक फ्रान्सको उर्जा तथा यातायात जायन्ट अल्सटमका पूर्व कार्याकारी फ्रेडेरिक पिरुसिसीले लेखेका हुन्। उनले २ वर्ष अमेरिकी जेलमा घुस दिएको अभियोगमा बिताए।
२०१९ को मेमा चीनमा प्रकाशित चिनियाँ संस्करणको यो पुस्तकले रेकर्ड कायम गर्यो। अधिकांश इकमर्स साइटहरुमा बिक्रीको १ नम्बरमा पर्यो। चिनियाँहरुलाई पिरुसीसीको भोगाइको बारेमा वास्ता थिएन। तर, उनको कथाले अमेरिकी कानुनी व्यवस्थामाथि प्रहार गरेको थियो। र पछिल्लो समय चीनको हुवावे माथि अमेरिकाले आक्रमण गरिरहेको छ।
हुवावेकी उपाध्यक्ष यही कानुनी लडाइमा जुधिरहेकी छिन्। त्यति नै बेला हुवावेका संस्थापक रनको टेवलमा यो पुस्तक देखिएको थियो। र, पुस्तकले बिक्रीको रेकर्ड कायम गर्यो।
अल्स्टोम उर्जा उत्पादन, ट्रान्समिसन लाइन र रेलवे विकासमा अग्रणी कम्पनी हो। वासिङटनको तारोमा यो कम्पनी पनि पर्यो। अमेरिकी जायन्ट जनरल इलेक्ट्रिकसँग धेरै देशहरुमा खरो रुपमा प्रतिस्पर्धीको रुपमा अल्स्टोम उत्रिएको थियो।
२०१३ मा अल्स्टोमका कार्याकारी पिरुसीसी न्युयोर्कबाट पक्राउ परे। उनी माथि इन्डोनेसियामा कन्ट्र्याक्ट हात पार्नका लागि त्यहाँका अधिकारीहरुलाई घुस दिएको आरोप लाग्यो। अल्स्टोममाथि आरोप लगाएको थियो अमेरिकी कंलोमेरेट जनरल इलेक्ट्रिकले।
उनले आफ्नो पुस्तकमा आफ्ना वकिलसँग बार्गेन गरिएको। आरोप स्वीकार गरी केही महिनामा जेलमुक्त हुन वा १२५ वर्षसम्म जेलमा बिताउन चेतावनी दिइएकोसम्म लेखेका छन्।
उनी मात्र होइन्, अल्स्टोमका अन्य उच्च अधिकारीहरु पनि अमेरिकामा पक्राउ परे। कम्पनीले ७७२ मिलियन डलर अमिरिकी जरिवाना सुनायो।
सन् २०१४ मा अमेरिकी कम्पनी जनरल इलेक्ट्रिकले अल्स्टोमसँग अल्स्टोमको उर्जा र ग्रिड व्यवसाय खरिद गर्ने सम्झौता गर्यो।
पिरुसीसीले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भनेका छन्- 'उनीहरुले (अमेरिकाले) त्यस्ता कानुन बनाइरहेका छन्- जसलाई हामीले एक्ट्रा टेरिटोरियल भनेका छौं; यसको मतलव उनीहरुले विश्वका जुनसुकै कम्पनी तथा कामदारहरुलाई कारवाही गर्न सक्छन् अमेरिकी बजारमा एउटा सानो लिंक फेला पारे भने पनि।'
What's the bottom line for political-sensitive technological competition of this kind? And how systemic is Washington's use of long-arm jurisdiction to beat down competitors? CGTN Host Tian Wei talked to Frederic Pierucci, the author of the book 'The American Trap'. pic.twitter.com/bVyrp6c54M
— CGTN World Insight with Tian Wei (@WorldInsight_TW) May 31, 2019
अल्स्टोमको यो केसले अमिरकाको कानुनी ब्यवस्थालाई देखाउँछ जसले विश्वका जुनसुकै कम्पनीलाई पनि कानुनी दायरामा ल्याएर अमेरिकामा कारवाही गर्न सक्छ।
पिरुसीसीको केसले हुवावे माथिको प्रहारलाई स्पष्ट देखाउँछ। अल्स्टोमलाई धारासाही बनाउने अल्टोमको ब्यापार अमेरिकी जनरल इलेक्ट्रिकले खरिद गर्यो। जेई त्यही कम्पनीहरु जसले पिरुसीसीलाई पक्राउ गराएको थियो।
अहिले अमेरिकामा टिकटक माथि प्रतिबन्धको चर्चा चलिरहेको छ। तर, अमेरिकी अदालतले राष्ट्रपतिको आदेशलाई रोक लगाएको छ।
यो प्रतिबन्धसँगै टिकटकको बिक्रीको चर्चासमेत चलेको छ। टिकटक खरिद गर्न अमेरिकी कम्पनीहरु लागेका छन्। भलै टिकटकको मातृ कम्पनी बाइट डान्सले अमेरिकामा ग्लोबल हेडक्वाटर स्थापना गरेर टिकटकको अमेरिकी बजार ओरेकलले हेर्ने गरी सहमति गरेको छ।
तर, अमेरिकाले टिकटकलाई पूरै अमेरिकी कम्पनीलाई बिक्री गर्नुपर्ने शर्त राख्दै आएको छ। उसले आफ्नो कानुनी क्षेत्राधिकारको प्रयोग गर्दै राष्ट्रिय सुरक्षाका नाममा विदेशी कम्पनीमाथि प्रहार गर्दै आएको छ।
'यो क्षेत्राधिकारले बजारको नियमलाई उल्लंघन गरेको छ। यो नियमले स्वस्थ प्रतिस्पर्धा मार्फत प्राविधिको विकासलाई जोड दिन्छ,' फुदान विश्वविद्यालयका स्कुल अफ इन्टरनेशनल रिलेसन एन्ड पब्लिक अफेयर्सका प्राध्यापक सन यी भन्छन्- 'विदेशी प्रतिस्पर्धीलाई धरासायी बानाउँदै अमेरिकाले आन्तरिक कम्पनीहरुले सहयोगको हात बढाएको छ। यसले अमेरिकी कम्पनीका प्रतिस्पर्धीहरुलाई धरासायी बनाएको छ।'