PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बन्द कोठामा महिलाको शव, परीक्षण गर्दा कोभिड-१९



पहिलोपोस्ट

बन्द कोठामा महिलाको शव, परीक्षण गर्दा कोभिड-१९

काठमाडौं : सुर्खेतमा आफ्नो कोठामा मृत फेला परेकी एक महिलामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। असोज १३ गते साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ का कोठागरी बस्ने भेरीगंगा १ की ३५ वर्षकी महिला कोठामा मृत फेला परेकी थिइन्।

भित्रबाट ढोका बन्द भएको अवस्थामा १३ गते साँझ ४ बजे प्रहरीले उनको शव निकालेको थियो। शबलाई प्रदेश अस्पतालमा लगी स्वाब परीक्षण गर्दा १४ गते परीक्षणका लागि पठाइएकोमा कोभिड-१९ को संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृष बहादुर शाहीले जानकारी दिए।

उनको शव जिल्ला प्रशासन कार्यालय सुर्खेतको समन्वयमा नेपाली सेनाले ब्यस्थापन गर्ने तयारी गरेको छ। योसँगै कर्णालीमा कोभिड-१९ संक्रमण पुष्टि भएका मध्ये सात जनाको मृत्यु भएको छ। जसमध्ये सुर्खेतका ३, दैलेखका ३ र डोल्पाका १ जना छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell