PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

थिएन दीर्घरोग तर गयो कोभिड १९ का कारण ज्यान



रासस

थिएन दीर्घरोग तर गयो कोभिड १९ का कारण ज्यान
फाइल फोटो

धरान : यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरीका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–६का ५६ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो।

उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार भइहेको थियो। ज्वरो, खोकी र श्वासप्रश्वाशमा कठिन भएपछि बुधवार प्रतिष्ठानको कोभिड अस्पतालमा उनलाई भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

कुनै दीर्घ रोग नभएका उनलाई निमोनियासमेत भएको थियो। बुधवार राति प्रतिष्ठानमा ल्याइएको १५ मिनेटपछि उनको मृत्यु भएको थियो। उनको आज कोरोनाको रिपोर्ट पोजेटिभ आएको प्रवक्ता सापकोटाले बताए। यससँगै प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुनेको सङ्या ३८ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell