PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

रुपन्देहीका थप तीन कोभिड-१९ संक्रमितको मृत्यु



पहिलोपोस्ट

रुपन्देहीका थप तीन कोभिड-१९ संक्रमितको मृत्यु

काठमाडौं : रुपन्देहीका थप तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

जिल्लाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोभिड अस्थायी विशेष अस्पतालमा उपचारका क्रममा एक वृद्धको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका ८ का ८० वर्षका पुरुषको बुधवार राति उपचारका क्रममा मृत्यु भएको हो।

कोभिड-१९ संक्रमण पुष्टि भई असोज १२ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचाप, स्वासप्रस्वास सम्बन्धी समस्या तथा उच्च ज्वरो थियो। उनको सघन उपचारकक्षमा उपचारका क्रममा बुधवार राति ११: ३५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा अर्का एक पुरुषको पनि मृत्यु भएको छ।

रुपन्देहीकै कोटियामाई वडा नं. ८ का ४२ वर्षीय पुरुषको बुधवार नै मृत्यु भएको थियो। अस्पतालको फिवर क्लिनिकमा बुधवार दिउँसो ३ बजे भर्ना भएका उनको बुधवार साँझ ६ बजे मृत्‍यु भएको थियो।

मृत्युपछि अस्पतालमा कोभिड-१९ को परीक्षण गर्दा बिहीवार उनमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यता रुपन्देहीकै सिद्धार्थनगर नगपालिका १ बेलहियाका ६५ वर्षका पुरुषको पनि उपचारका क्रममा बिहीवार नै मृत्यु भएको छ। उनमा मंगलवाल कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस)मा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell