PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ जना डिस्चार्ज, थप तीन जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ जना डिस्चार्ज, थप तीन जनाको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ। सुनसरीका २ पुरुष र मोरङकी १ महिलाको मृत्यु भएको हो। यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यस्तै, प्रदेश १ मा बिहीवार १ सय ८२ संक्रमित थपिएका छन्। बिहीवार थपिएका संक्रमितहरुमा मोरङका ९८, सुनसरीका ६८, झापाका ७, ताप्लेजुङ र भोजपुरका १/१ र प्रदेश १ बाहिरका ७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामा २६ महिला र ४२ पुरुष छन्। त्यस्तै, जहदामा ६ महिला र ११ पुरुष, धनपालथानमा ४ पुरुष, ग्रामथानमा १ महिला र २ पुरुष, कटहरीमा १ महिला र १ पुरुष, बुढीगंगामा २ पुरुष, केराबारीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष संक्रमित भएका छन्।

त्यसैगरी, सुनसरीको धरानमा ११ महिला र ३३ पुरुष, इटहरीमा ६ महिला र १३ पुरुष, रामधुनीमा १ महिला र २ पुरुष, दुहवीमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यता झापाको विर्तामोडका २ महिला र २ पुरुष, अर्जुनधारामा २ पूरुष, गौरादहका १ महिला, ताप्लेजुङ र भोजपुरको अरुणका १/१ पुरुष र प्रदेश १ बाहिरका १ महिला र ६ पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ८० पुगेको छ। प्रदेश १ मा आज १७४ जना डिस्चार्ज भएका छन्।

बिहीवार होम आइसोलेसनबाट १३९, कोभिड-१९ आइसोलेसन अस्पताल गोठगाउँबाट २३, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ७, मेची अस्पताल झापाबाट ५ जना डिस्चार्ज भएका हुन्। यससँगै हालसम्म ३ हजार २ सय ७२ जना डिस्चार्ज भएका छन्।

प्रदेश १ मा बिहीवार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ६० महिला र १२२ को रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख २४ हजार ७२३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell