PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

विजय कुमारको ‘सम्बन्धहरू’ सार्वजनिक



पहिलोपोस्ट

विजय कुमारको ‘सम्बन्धहरू’ सार्वजनिक

काठमाडौं : लेखक विजय कुमारको दोस्रो कृति ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ। विहीवारदेखि नेपालमा रहेका पाठकका लागि उपलब्ध पुस्तक अस्ट्रेलिया र न्युजिल्यान्डमा भने केही दिनअघि सार्वजनिक गरिएको थियो।

जीवनको अस्थायीपनको किताब हो, सम्बन्धहरू। अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति। ‘खुसी’का लागि मदन पुरस्कारप्राप्त लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो।

कोभिड–१९ को बढ्दो संक्रमण, लकडाउन, निषेधाज्ञा जस्ता कठिन परिस्थितिलाई आत्मसात् गर्दै औपचारिक कार्यक्रम नगरी पुस्तक बजारमा पठाइएको फाइनप्रिन्टका सहसंस्थापक नीरज भारीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell