PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जनको मृत्यु



पी बी खड्का

कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जनको मृत्यु

सुर्खेत : कोरोना संक्रमणबाट कर्णाली प्रदेश अस्पतालमा कार्यरत एक अर्थोपेडिक सर्जनको मृत्यु भएको छ। करिब दुई साताअघिदेखि बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत उनको बिहीवार दिउँसो ३ बजे मृत्यु भएको हो।

प्रदेश अस्पताल कर्णालीका निर्देशक डा डम्बर खड्काका अनुसार ५९ वर्षीय सापकोटा मधुमेह र उच्च रक्तचापका बिरामी समेत हुन्। अस्पतालका चिफ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा सापकोटा ११ औँ तहका हुन्। उनीसँगै कर्णालीमा संक्रमण पुष्टि भएका मृतकको संख्या आठ पुगेको छ।

बुधवार मात्रै भेरीगंगा नगरपालिका १ स्थायी घर भएकी वीरेन्द्रनगर ११ पिपिरा कोठाभाडामा बस्दै आएकी ३५ वर्षीय महिलामा मृत्यु पश्चात कोरोना पुष्टि भएको थियो। दैलेखमा ३, सुर्खेतमा ४ र डोल्पाको एक गरी संक्रमण पुष्टि भएको संख्या आठ पुगेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell