वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीय वृद्ध रहेका छन्।
उनको बिहीवार बिहान साढे ८ बजे उपचारको क्रममा नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल बाबा होटलमा मृत्यु भएको हो। असोज ८ गते नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असोज ९ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
अस्पतालका फोकल पर्सन डा असरफ हुसैनका अनुसार हृदयरोगी समेत रहेका वृद्धको बिहीवार बिहानदेखि श्वासप्रश्वासमा समस्या देखिएको र साढे ८ बजे उनको निधन भएको हो।