
सुर्खेत : कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। प्रदेश प्रमुखको निजी सचिवालयका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसेका छन्।
प्रदेश प्रमुखसहित कार्यालयका अन्य आठ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ। कर्मचारी चार, प्रेस सल्लाहकार, सशस्त्र प्रहरी एक र नेपाल प्रहरी एक गरी आठ जनामा संक्रमण पुष्टि भएको हो।