PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

इवामुरा अस्पतालमा दिनभर तनाव, साँझ सहमतिपछि अवस्था साम्य

इवामुरा अस्पतालमा दिनभर तनाव, साँझ सहमतिपछि अवस्था साम्य

रोजन श्रेष्ठ/पहिलोपोस्ट


भक्तपुर : इवामुरा अस्पतालले इन्डोस्कोपी गर्न गएका ४७ वर्षीय लक्ष्मीकुमार लाखाजुको ज्यान जोखिममा पारेको भन्दै अस्पतालविरुद्ध स्थानीयले बिहीवार प्रदर्शन गरेका छन्। इवामुराले मृत्यु भएको भनेको व्यक्तिको नर्भिक अस्पतालमा उपचार शुरु गरिएको छ।

उनको हाल नर्भिकमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताइएको छ। फर्निचरमा काम गर्दै आएका उनी हिँडेरै इन्डोस्कोपी गराउन अस्पताल पुगेका थिए।

अस्पतालले लापर्वाही गरेको भन्दै आफन्त र स्थानीयहरु अस्पताल घेराउ गर्न पुग्दा बिहीवार दिनभर अवस्था तनावग्रस्त भएको थियो। साँझ अस्पताल र आफन्तबीच सहमति भएपछि अहिले अवस्था साम्य भएको बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell