PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

वीरगंजकी कोरोना संक्रमित गर्भवतीले जन्माइन् छोरा, आमा र बच्चाको अवस्था सामान्य



राधेश्याम पटेल

वीरगंजकी कोरोना संक्रमित गर्भवतीले जन्माइन् छोरा, आमा र बच्चाको अवस्था सामान्य
फाइल फोटो।

वीरगंज : वीरगंजकी एक कोरोना संक्रमित गर्भवतीले छोरा जन्माएकी छन्। वीरगंज-२४ रामगढवाकी २६ वर्षीया गर्भवतीले बुधवार बिहान शल्यक्रियामार्फत छोरा जन्माएकी हुन्।

साढे ८ महिनाकी गर्भवती उनले बुधवार बिहान पौने ७ बजे वीरगंज हेल्थकेयर अस्पतालमा शल्यक्रिया गरी ३ किलो वजनको छोरा जन्माएकी अस्पतालका सञ्चालक डा अबुल हैस अन्सारीले बताए। अहिले आमा र छोराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

गर्भवती महिला संक्रमित भएपछि नेशनल मेडिकल कलेज कोभिड अस्पतालले भर्ना लिन नमानेपछि घरमै अक्सिजन लिंदै उपचार गराइरहेकी थिइन्। सो घटना समाचारमा आएपछि नारायणी अस्पतालले एम्बुलेन्स पठाइ भर्ना लिएको थियो।

नारायणी अस्पतालबाट उनलाई बुधवार बिहान ५ बजे वीरगंज हेल्थकेयरमा पठाइएको थियो। त्यहाँ उनको शल्यक्रियामार्फत् बुधवार बच्चा जन्मिएको हो। नारायणी अस्पतालको पहल तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको सहकार्यमा निजी अस्पतालमा संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरिएको मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुरले बताए।

वीरगंज हेल्थकेयरमा बच्चा जन्मेपछि बिहीवार साँझ उनलाई घरमा पठाएर होम आइसोलेसनमा राखिएको छ। आमा र बच्चाको अवस्था सामान्य भएकोले परिवारजनको सहमतिमा होमआइसोलनमा पठाइएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell