PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आईपीएलमा ५ हजार रन पूरा गर्दै रोहित शर्माको अर्धशतक, मुम्बइले दियो १ सय ९२ रनको लक्ष्य



पहिलोपोस्ट

आईपीएलमा ५ हजार रन पूरा गर्दै रोहित शर्माको अर्धशतक, मुम्बइले दियो १ सय ९२ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा मुम्बइ इण्डियन्सले किंग्स ११ पञ्जाबलाई १९२ रनको लक्ष्य दिएको छ। शेख जायेद स्टेडियम अबुधावीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनाएको हो।

मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ७० रन बनाउँदा किइरोन पोलार्ड र हार्दिक पाण्ड्याले आक्रामक ब्याटिङ गरेर अभिजित रहँदै क्रमश २० बलमा ४७ रन तथा ११ बलमा ३० रन जोडे। त्यस्तै इसान किसनको २८ रन महत्वपूर्ण रह्यो।

अर्धशतकीय पारी खेलेका शर्माले आईपीएलमा ५ हजार रन समेत पूरा गरेका छन्। उनी भन्दा अघि चेन्नइ सुपर किंग्सबाट शुरेश रैना र रोयल च्यालेन्जर्स बेङ्ग्लोरका बिराट कोहलीले ५००० रन पूरा गरेका छन्।

उता पञ्जाबका लागि सेल्डन कोट्रेल, मोहम्मद सामी र कृष्णप्पा गौथमले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell