PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुर्खेत विमान स्थलको स्तरोन्नति गर्न प्रदेश र संघ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर



पी बी खड्का

सुर्खेत विमान स्थलको स्तरोन्नति गर्न प्रदेश र संघ सरकारबीच समझदारी पत्रमा हस्ताक्षर

सुर्खेत : प्रदेश सरकार गठन भएदेखि नै चर्चा पाएको सुर्खेत विमान स्थलको विस्तारको प्रक्रिया अघि बढ्ने भएको छ। विमानस्थलको विकास, विस्तार र स्तरोन्नतीका लागि संघीय सरकार र प्रदेश सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै विमानस्थल विस्तारको काम अघि बढ्ने भएको हो।

संघ र प्रदेशको संयुक्त लगानीमा स्तरोन्नती हुने विमानस्थलको समझदारी पत्रमा प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्याय र संघीय सरकारको तर्फबाट नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले हस्ताक्षर गरेका हुन्। समझदारी पत्र अनुसार विमानस्थलको धवनमार्गको लम्बाई कम्तिमा एक हजार पाँच सय मिटर विस्तार तथा स्तरोन्नती गरी सुविधासम्पन्न प्रदेशस्तरीय हव विमानस्थलको रुपममा विकास गर्ने उल्लेख छ।

उक्त कामका लागि जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ। जग्गा अधिग्रहण र मुआब्जा वितरणमा केही समस्या देखिए आवश्यक सहजीकरण र पहल गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, कर्णालीकै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको रोहवरमा समझदारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रदेशका मन्त्रीसहित संघ सरकारका मन्त्रीले पटक पटक विमानस्थलको विस्तार गर्ने चर्चा गरेपनि अहिलेसम्म प्रकृया अघि बढेको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell