PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

कोरोनाका कारण कैलालीकी एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि



एम बम

कोरोनाका कारण कैलालीकी एक महिलाको मृत्यु, मृत्युपछि संक्रमण पुष्टि

कैलाली : सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीकी एक महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ की ३० वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार निमोनियाकी बिरामी रहेकी उनी बुधवार बिहान ११ बजे अस्पतालमा भर्ना भएकी थिइन्।

राति ८ बजे मृत्यु भएकोमा बिहीवार कोरोना पुष्टि भएको हो। भवानी दल गणबाट सह सेनानी नवलसिंह रोकायाको कमान्डमा रहेको सेनाको टोलीले उनको शव व्यवस्थापन गरिसकेको छ। तेघरी सामुदायिक वनमा शव व्यवस्थापन गरिएको हो।

योसँगै सुदूरपश्चिममा कोरोनाका कारण मृत्यु हुनेको संख्या २२ जना पुगेको छ। कैलालीका १०, अछामका ५, बझाङका तीन, बाजुराका दुई, बैतडी र डडेल्धुराका एकरएक जना संक्रमितको मृत्यु भएको हो।

त्यसमध्ये तीन जनाले भने आत्महत्या गरेका हुन्। दुई जनामा आत्महत्या गरेपछि कोरोना पुष्टि भएको हो भने एक जनाले कोरोना लागेपछि आत्महत्या गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell