PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

आयल निगमका कार्यकारी निर्देशकमा कोरोना भाइरसको संक्रमण पुष्टि



रासस

आयल निगमका कार्यकारी निर्देशकमा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं : नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा सामान्य समस्या आएपछि परीक्षण गराउँदा बिहीवार पोजिटिभ रिपोर्ट आएको उनले जानकारी दिए।

‘स्वास्थ्यमा समस्या देखिएपछि स्वाब दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु। सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन,’ उनले भने।

निगमले बिहीवार एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell