PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी हिक्सलाई पनि देखियो कोभिड १९



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्पका नजिकका सहयोगी हिक्सलाई पनि देखियो कोभिड १९

राष्ट्रपति डोनाल्ड ट्रम्पका एकजना नजिकका सहयोगी होप हिक्सलाई कोभिड १९ पोजेटिभ देखिएको छ। उनी टेलिभिजन डिबेटका लागि राष्ट्रपति ट्रम्पसँगै एयर फोर्स वनबाट यात्रा गरेकी थिइन्।

उनी राष्ट्रपति ट्रम्पसँग हेलिकप्टर मरिन वानमा पनि सँगै रहेको ह्वाइट हाउस संवाददातालाई उदृत गर्दै बीबीसीले जनाएको छ। ३१ वर्षीया उनी कोरोना भाइरस संक्रमित हुने ट्रम्पका सबैभन्दा नजिककी व्यक्ति हुन्। उनलाई क्लेभल्यान्डमा एयर फोर्स वानबाट बाहिर निस्किँदाको फोटो चर्चित छ जसमा उनले मास्क समेत लगाएकी थिइनन्।

बीबीसीले ब्लुमबर्गलाई उदृत गर्दै जनाएअनुसार हिक्समा कोभिड १९ को लक्षणहरु देखा परेपछि क्वारेन्टाइनमा रहेकी थिइन्।

२ लाख अमेरिकीको ज्यान लिइसकेको कोभिड १९ बाट ७२ लाख अमेरिकी संक्रमित भइसकेका छन्। राष्ट्रपति ट्रम्पमा भने यसको कुनै संकेत देखिएको छैन।

ह्वाइट हाउसका प्रवक्ताले भने हिक्सको स्वास्थ्य अवस्थाबारे केही बताएको छैन। गएको मेमा उप राष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केट मिलरमा संक्रमण देखिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell