PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बार्सिलोनाको सहज जित



पहिलोपोस्ट

बार्सिलोनाको सहज जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ। बलाइडोस स्टेडियममा भएको खेलमा बार्सिलोनाले घरेलु टोलीमाथि ३-० को जित निकालेको हो।

बार्सिलोनाको जितमा अंशु फाटी र सेर्जी रोबेर्टोले गोल गर्दा सेल्टा भिगोका लुकास ओलाजाले आत्माघाती गोल गरेका थिए।

खेलको ११ औं मिनेटमै काउन्टिनोको पासमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। यो सँगै १७ वर्षे फाटीले बार्सिलोनाका लागि ला लिगामा १० गोल पुरा गरेका छन्। त्यस्तै खेलको ४२ औं मिनेटमा क्लिमेन्ट लेनग्लेट दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएसँगै बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।

त्यस्तै लियोनेल मेस्सीको क्रस जोगाउन खोज्दा लुकास ओलाजा आत्मघाती गोल गर्न पुगे। र, पहिलो हाफमा बार्सलोना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा रोबेर्टोले अर्को गोल थपे। उनले अतिरिक्त समयमा गोल गर्दा बार्सिलोनाल ३-० को सहज जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell