काठमाडौं : चितवनमा थप एक जना कोभिड १९ संक्रमित पुरुषको मृत्यु भएको छ।
मकवानपुर हेटौडा उप महानगरपालिका न्युरेनी बस्ने ७८ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पतालले जानकरी दिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि बिहीवार राति १० बजे उनी चितवन मेडिकल कलेजबाट भरतपुर अस्पताल भर्ना भएका थिए।
स्वासप्रस्वासमा जटिल समस्या तथा निमोनिया देखिएका पुरुषकालाई कोभिड आइसियुमा भर्ना गरेर राखिएको अस्पतालले जानकारी दिएको छ। राति नै स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको थियो। उपचारको क्रममा नै उनको आज बिहान ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जानकरी दिएको छ।
