काठमाडौं–यूईएफए पुरुष प्लेयर अफ दि इयर २०१९/२० को अवार्ड जर्मन क्लब बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेबान्डोस्कीले जितेका छन्। उनले बायर्नकै म्यानुअल नेवर र म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डि ब्रुइनलाई पछि पार्दै अवार्ड जितेका हुन्।
३२ वर्षे लेवान्डोस्कीले लेवान्डोस्कीले पछिल्लो सिजनमा ४७ खेलबाट ५५ गोल गरेका थिए। उनले बायर्नलाई जर्मन कप, बुन्डेलिगा र च्यम्पियन्स लिग जिताएका थिए।
त्यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक बायर्नका हान्सी फ्लिक घोषित भएकी छन्।
त्यस्तै, महिला तर्फ चेल्सीका फरवार्ड पेर्निल्ली हार्ड वर्ष खेलाडीको अवार्ड बनिन्।
पुरुष वर्ष उत्कृष्ट खेलाडी : रोबर्ट लेवान्डोस्की
वर्षको उत्कृष्ट प्रशिक्षक : हान्सी फ्लिक
उत्कृष्ट गोलकिपर : म्यानुएल नेवर
उत्कृष्ट डिफेन्डर : जोसुवा किममिच
उत्कृष्ट मिडफिल्डर : केभिन डि ब्रुइन
उत्कृष्ट फर्वाड : रोबर्ट लेवान्डोस्की
महिला वर्ष उत्कृष्ट खेलाडी : पेर्निल्ली हार्ड
