PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित : परराष्ट्र मन्त्री ज्ञवाली



पहिलोपोस्ट

नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित : परराष्ट्र मन्त्री ज्ञवाली

काठमाडौं : परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गान्धीको विचारलाई विश्वले मानवतावादी विचारको रुपमा मान्यता दिएको बताएका छन्।

महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आयोजना गरेको बेविनारमा मन्त्री ज्ञवालीले धेरै नेपाली गान्धीको मानवतावादी विचारबाट प्रभावित भएका र नेपालको राजनीति पनि गान्धीको शान्तिपूर्ण र मानवतावादी सोचबाट प्रभावित भएकोमा समेत जोड दिए।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले रंगभेदी लडाईमा गान्धीको योगदान व्यवहारिक भएको स्मरण गर्दै गान्धीको जन्मदिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा स्विकार गरेर संयुक्त राष्ट्रसंघले पनि गान्धीको विचारलाई सम्मान गरेको बताए। उनले गान्धीको अहिंशावादी विचारबाट नेपाल पनि गहिरोसँग प्रधावित भएको बताउँदै नेपालका गान्धी विचारका प्रचारक तुलसी मेहर श्रेष्ठको स्मरण गरे। राजदूत क्वात्राले गान्धीले सामाजिक विकास र विश्व शान्तिका लागि हिंसाको अन्त्यमा जोड दिएकोले विश्वले गान्धीको विचारलाई मानवतावादी दर्शनको रुपमा ग्रहण गरेको समेत बताए।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाल र नेपालीप्रति गान्धीको अगाध स्नेह रहेको स्मरण गर्दै आफ्ना पिता गणेशमान सिंह गान्धीबाट प्रभावित भएर प्रधानमन्त्री पद त्यागेको सुनाए।

भारतीय जनतापार्टीका विदेश मामला प्रमुख विजय चौथाइवालेले सत्य, अहिंसा र करुणा गान्धीको दर्शनको मूल पक्ष भएकोमा जोड दिँदै गान्धीले मानवताको विकासमा विश्वलाई बाटो देखाएको बताए। उनले गान्धीको दर्शनबाट विश्वले सँधै मानवताको पाठ सिक्नु पर्नेमा जोड दिए।

जनता समाजवादी पार्टिका वरिष्ठ नेता राजेन्द्र महतोले गान्धीको दर्शनमा स्वदेशीपनमा आधारित जीवनपद्धति र अहिंसामा आधारित अर्थ राजनीतिको समिश्रण रहेकोमा जोड दिँदै गान्धीको विचारले विश्वमानवलाई ऋणि बनाएको उल्लेख गरे। उनले नेपालीहरु पनि गान्धीको अहिंसाको विचारबाट गहिरोसँग प्रभावित भएको बताउँदै आफ्ना राजनीतिक गुरु गजेन्द्र नारायण सिंहबाट आफूले पनि समानता र पहिचानका लागि अहिंसाको राजनीति सिकेको स्मरण गरे।

नागरिक समाजका अगुवा सुन्दरमणी दिक्षितले सनातन धर्मको गहनता गान्धीको विचारमा गहिरोसँग जोडिएको बताए। गान्धीले सनातन धर्मको त्याग, तपश्, शान्ति, अहिंसा आदिलाई आफ्नो अस्त्रको रुपमा प्रयोग गरेको उनको भनाई छ। उनले गान्धीले पूर्वीय दर्शनको महानता र मानवतावादी दर्शनलाई देश र समाजको विकाससँग जोडेर प्रस्तुत गर्नु भएको समेत बताए।

नीति अनुसन्धान प्रतिष्ठान नेपालका निर्देशक दीपक अधिकारीले समाज र राष्ट्रको मूल स्वभावको ज्ञान गान्धीको दर्शनमा पाइने भन्दै त्यसबाट समाज र राष्ट्रको मौलिक विकास हुन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell