PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

राँगाको मासु खाँदा १४ जना बिरामी



रासस

राँगाको मासु खाँदा १४ जना बिरामी

महेन्द्रनगर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ मा राँगाको मासु खाँदा १४ जना स्थानीय बिरामी परेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अमरबहादुर थापाले बिरामीको महाकाली अस्पतालमा उपचार भइरहेको बताए। बिरामीमा पखाला लाग्ने, ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

‘स्थानीय बङ्गला चदाराले दुई दिनअघि राँगाको मासु बिक्री गरेको रहेछन्,’ डीएसपी थापाले भने, ‘त्यही मासु खाएर स्थानीय बिरामी परेको हुन भन्ने खबर छ।’

धान ‘थ्रेसिङ’ गर्दा महिलाको मृत्यु

यसैबीच जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ।

प्रहरीका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउँदको घटनास्थलमै मृत्यु भएको हो। ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउँदको मृत्यु भएको हो,’ डीएसपी थापाले भने, ‘ट्याक्टर चालक गणेश रानालाई नियन्त्रणमा लिइएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell