PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

खोलामा नुहाउने क्रममा आमासहित ४ छोराछोरी बगेर बेपत्ता



एम बम

खोलामा नुहाउने क्रममा आमासहित ४ छोराछोरी बगेर बेपत्ता
फाइल फोटो।

कैलाली : बाजुरामा कवाडी खोला नुहाउन गएका एकै परिवारका पाँच जना बगेर बेपत्ता भएका छन्। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका हुन्।

बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्बर ५ कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली, उनकी छोरी ५ वर्षीया आरती नेपाली, ४ वर्षीया छोरी सन्तोषी नेपाली, २ वर्षीय छोरा सम्मान नेपाली र १ वर्षीया छोरी किस्मती नेपाली रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार उनीहरू शुक्रवार दिउँसो उक्त खोलामा नुहाउन गएका थिए। नुहाउन गएकै बेला आमा र अन्य चार बालबालिका खोलामा बगेको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र सिंह ठगुन्नाले भने, ‘दिउँसोको समयमा नुहाउन गएका बेला आमासहित छोराछोरी बगेका हुन्। उनीहरूको खोजी कार्य भइरहेको छ।’

घटनाका विषयमा थप अनुुसन्धान समेत भइरहेको प्रहरीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell