PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

नवलपुरको लामिचौर नजिकै मृत गैँडा फेला, खाग सुरक्षित



रासस

नवलपुरको लामिचौर नजिकै मृत गैँडा फेला, खाग सुरक्षित
फाइल फोटो।

भरतपुर : चितवन राष्ट्रिय निकुञ्जमा एक गैँडा मृत फेला परेको छ। निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको लामिचौर नजिकै नारायणी नदीको बीच भङ्गालोमा शुक्रवार मृतावस्थामा गैँडा फेला परेको हो।

गैँडा एक/दुई महिना अघि कालगतीले मरेका हुनसक्ने अनुमान गरिएको छ। पोस्टमार्टम पछि मात्र अन्यकुरा थाहा हुने उनले बताए।

गैँडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ। यसअघि गत भदौ २१ गते निकुञ्जमा एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको थियो। निकुञ्जमा चालु आर्थिक वर्षमा मात्र चार गैँडाको मृत्यु भइसकेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell