PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

धोनी बने सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी



पहिलोपोस्ट

धोनी बने सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी

इण्डियन प्रिमियर लिग (आईपीएल)मा महेन्द्रसिंह धोनी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बनेका छन्। चेन्नइ सुपर किंग्सका कप्तान समेत रहेका उनले सुरेश रैनालाई पछि पार्दै सबैभन्दा धेरै आईपीएल खेल्ने खेलाडी बनेका हुन्।

आज सनराइजर्स हैदराबादविरुद्ध खेलिरहँदा धोनीको खेल संख्या १९४ पुगेको छ। धोनी आईपीएलको सुरुवात देखि नै चेन्नइसँग जोडिएका छन्। चेन्नइ दुई वर्षका लागि प्रतिबन्धमा पर्दा धोनीले पुणे सुपर जाइन्टस् बाट खेलेका थिए।

आईपीएलमा सबैभन्दा धेरै म्याच खेल्ने खेलाडी

महेन्द्र सिंह धोनी: १९४

सुरेश रैना: १९३

रोहित शर्मा: १९२

दिनेश कार्तिक: १८५

बिराट कोहली: १८०



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell