PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

१९ वर्षे प्रियम गर्गको अर्धशतकमा हैदराबादले चेन्नइलाई दियो १ सय ६५ रनको लक्ष्य



पहिलोपोस्ट

१९ वर्षे प्रियम गर्गको अर्धशतकमा हैदराबादले चेन्नइलाई दियो १ सय ६५ रनको लक्ष्य

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स हैदराबादले चेन्नइलाई रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो।

दुबइ इन्टरनेसनल स्टेडियममा भएको खेलमा  हैदराबादका लागि १९ वर्षे प्रियम गर्गको अर्धशतक बनाए। उनले अभिजित रहँदै २६ बलमा ५१ रन जोड्दा अभिशेक शर्माले ३१ रन, मनिष पाण्डेले २९ रन तथा डेभिड वार्नरले २८ रन जोडे।

चेन्नइका लागि दीपक चहारले २ विकेट तथा सार्दुल ठाकुर र पीयुष चावलाले १/१ विकेट लिए।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell