PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा दुई जनाको मृत्यु



रासस

कोरोना भाइरसको संक्रमणका कारण चितवनमा दुई जनाको मृत्यु
फाइल फोटो।

भरतपुर : चितवनमा शुक्रवार दुई जनाको कोरोना संक्रणबाट मृत्यु भएको छ। पुरानो मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ७६ वर्षीया महिलाको मृत्यु भएको हो।

ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि यही असोज १० गते अस्पताल भर्ना भएकी उनमा असोज १३ गते कोरोना पुष्टि भएको थियो।

यस्तै, शुक्रवार नै भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-७ न्यौरेनीका ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि चितवन मेडिकल कलेज भर्ना भएका उनलाई बिहीवार राति भरतपुर अस्पतालमा रिफर गरिएको थियो। सोही दिन नै उनमा कोरोना पोजिटिभ पुष्टि भएको हो।

भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। योसँगै चितवनमा कोरोनाबाट  मृत्यु हुनेको संख्या २२ जना पुगेको छ। सक्रिय संक्रमितको संख्या एक हजार नाघेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell