इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नइ सुपरकिंग्सलाई हराएको छ।
दुबइ इन्टरनेशनल स्टेडियममा भएको खेलमा हैदराबादले चेन्नइलाई ७ रनले हराएको हो।
खेलमा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।
हैदराबादका लागि १९ वर्षे प्रियम गर्गको अर्धशतक बनाए। उनले अभिजित रहँदै २६ बलमा ५१ रन जोड्दा अभिशेक शर्माले ३१ रन, मनिष पाण्डेले २९ रन तथा डेभिड वार्नरले २८ रन जोडे।
चेन्नइका लागि दीपक चहारले २ विकेट तथा सार्दुल ठाकुर र पीयुष चावलाले १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५७ रनमा सीमित भयो।
चेन्नइका लागि रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाउँदा कप्तान महेन्द्र सिहं धोनीले ४७ तथा फाफ डु प्लेसिसले २२ रन जोडे।
हैदराबादका लागि टी नटराजनले २ विकेट लिँदा भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए।
यो हैदराबादको लगातार दोस्रो जित हो भने चेन्नइको लगातार तेस्रो हार हो।
