PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल



पहिलोपोस्ट

अमेरिकी राष्ट्रपति ट्रम्प कोभिड १९ देखिएको २४ घन्टा नबित्दै लागे अस्पताल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरस पोजेटिभ देखिएको २४ घन्टा नवित्दै अस्पताल भर्ना भएका छन्।

ह्वाइट हाउसले उनलाई वाल्टर रीड नेसनल मिलिट्री मेडिकल सेन्टरमा उपचारका लागि लगिएको जनाएको छ। ट्रम्पलाई बिहीवार नै ज्वरो देखिएको थियो। साथै उनकी पत्नी मिलानिया ट्रम्पलाई कोभिड १९ पोजेटिभ देखिएको थियो।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा कोरोना भाइरस संक्रमणको मध्यम स्तरको संकेतहरु देखिएको जनाएको छ। ट्रम्प कोरोनाबाट आसन्न चुनावको एक महिना अघि संक्रमित भएका छन्। उनी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक प्रत्यासी जोय बिडेनसँग भिड्दैछन्।

कस्ता देखिएका थिए ट्रम्प?

नेपाली समयअनुसार बिहीवार र अमेरिकी समयअनुसार शुक्रवार ट्रम्प सुटसहित मास्क पहिरिएर ह्वाइट हाउसबाट निस्किएका थिए। उनी ह्वाइट हाउसको लबीबाट बाहिर निस्किएर मरिन वान हेलिकप्टर चढैका थिए। हेलिकप्टर चढ्दा उनले पत्रकारहरुलाई हात हल्लाएका थिए भने थम्स अप गरेका थिए।

ट्रम्पले ट्विटरमा एउटा भिडियो पोस्ट गर्दै सबैलाई धन्यवाद समेत दिएका छन्। ‘अतुलनीय सहयोगका लागि सबैलाई धन्यवाद दिन चाहन्छु। म वाल्टर रीड अस्पताल जाँदैछू। लाग्छ मैले सबै ठीक गरेको छु,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell