PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सिनेमाघर खुले पनि रिलिज नहुने भयो बहुप्रतिक्षित ‘सूर्यवंशी’



पहिलोपोस्ट

सिनेमाघर खुले पनि रिलिज नहुने भयो बहुप्रतिक्षित ‘सूर्यवंशी’

भारतमा कोभिड १९ महामारीले बन्द रहेका सिनेमा हल १५ अक्टोबर अर्थात अबको १२ दिनपछि खुल्दै छन्। फिल्महरु ब्याक टु ब्याक प्रदर्शनको लाइनमा छन्।

हलको प्रतिक्षामा रहेको एक फिल्म हो, सूर्यवंशी। रिलिजको मुखैमा लकडाउनले हल बन्द भएपछि सूर्यवंशी अनलाइन प्ल्याटफर्ममा रिलिज भएन। निर्माता हलमै रिलिज गर्ने योजनामा रहे। हल खुले दिपावलीमा रिलिज गर्ने सोंच थियो।

अब हल खुले पनि तत्कालै यो फिल्म प्रदर्शन नहुने भएको छ।

केन्द्र सरकारबाट फिल्म हल खोलिए पनि महाराष्ट्र, तमिलनाडु, आन्ध्रप्रदेश जस्ता राज्य अझै पनि सिनेमाघर खोल्ने पक्षमा छैनन्। मुख्य राज्यमै फिल्म प्रदर्शन नहुने भएपछि रिलिज गरेको फाइदा नहुने निर्माताको बुझाई छ।

निर्माताले अब सूर्यवंशीलाई डिसेम्बरमा रिलिज गर्ने सोंच बनाएका छन्। त्यतिबेला सबैतिर हल खुलिसक्ने उनीहरुको आंकलन छ। कोरोनाले निम्त्याउन सक्ने अनिश्चित अवस्थाका कारण फिल्म युनिट कुनै निर्णय नलिएर हेर र पर्खको रणनीतिमा छ।

स्टार अभिनेता अक्षय कुमार र कट्रिना कैफ को मुख्य अभिनय रहेको फिल्म मुम्बईका प्रहरी अफिसरको कथामा आधारित छ। फिल्ममा अजय देवगन र रणवीर सिंह पनि सानो भूमिकामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell