नयाँ दिल्ली : कोरोना भाइरस संक्रमितको मृत्यु हुने मुलुकहरुको सूचीमा एक लाखमाथिको क्लबमा भारत पनि इन्ट्री भएको छ। १ लाखभन्दा धेरै मृत्यु हुने भारत तेस्रो मुलुक हो।
भारतमा मृत्यु भएका संक्रमितको संख्या १ लाख ८ हजार ७५ पुगेको छ। अमेरिकामा २ लाख १३ हजार मानिसको मृत्यु भएको छ। दोस्रो धेरै मृत्यु हुने मुलुक ब्राजिल हो। १ लाख ४५ हजारको मृत्यु भएको छ त्यहाँ।
भारतमा अहिलेसम्म ६४ लाख ७१ हजारभन्दा धेरै कोरोना संक्रमित पुगेका छन्।
