PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर देउवासहित १३ कर्मचारीमा कोरोना पुष्टि



एम बम

कैलालीको गौरीगंगा नगरपालिकाका मेयर देउवासहित १३ कर्मचारीमा कोरोना पुष्टि

कैलाली : कैलालीको गौरीगंगा नगरपालिकाका मेयर भीमबहादुर देउवालाई कोरोना भाइरसको स्रक्रमण पुष्टि भएको छ। शुक्रवार गरिएको परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो।

यस अघि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सङ्क्रमण पुष्टि भएको थियो। प्रमुख प्रशासकीय अधिकृतलाई सङ्क्रमण देखिएपछि मंगलवार देउवासहित ८८ जनाको स्वाब सङ्कलन गरिएकोमा १३ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिकाका उप–प्रमुख अञ्चला चौधरीले बताइन्। ‘अहिले स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भनिन्।

शुक्रवार मेयर देउवासहित नगरपालिकाका १३ कर्मचारीमा कोरोना पुष्टि भएको नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाका जनस्वास्थ्य निरीक्षक ईश्वरीप्रसाद भुसालले जानकारी दिए।

कोरोना पुष्टि हुनेमा अधिकृतदेखि ३ जना स्वास्थ्यकर्मीलगायतका अन्य कर्मचारी रहेको उनले बताए। मेयरसहित उनीहरू सबै होम आइसोलेसनमा बसेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell