PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित सचिवालयका चार जनालाई कोभिड-१९ को संक्रमण



कुञ्जरमणि भट्टराई

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित सचिवालयका चार जनालाई कोभिड-१९ को संक्रमण

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जना सदस्यमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहाकार सूर्य थापालाई कोभिड-१९ को संक्रमण पुष्टि भएको हो। 

संक्रमण पुष्टि भएको रिमाल र थापाले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन्। 

उनीहरुले शुक्रवार स्वाब संकलन गराएका थिए। संक्रमण पुष्टि भएसँगै सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन्। त्यस्तै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण पुष्टि भएको छ। 

त्यस्तै प्रधानमन्त्रीका  फोटोग्राफर राजन काफ्लेलाई पनि गत साता संक्रमण पुष्टि भएको थियो। यसअघि प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंहलाई पनि संक्रमण भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell