PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सुदूरपश्चिमका तीन पहाडी जिल्ला हवाई मार्गमा जोडिँदै, तीन विमानस्थलको उद्घाटन



पहिलोपोस्ट

सुदूरपश्चिमका तीन पहाडी जिल्ला हवाई मार्गमा जोडिँदै, तीन विमानस्थलको उद्घाटन
फोटोः वसन्त विष्टको फेसबुकबाट

कैलालीः धनगढीलाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि शनिबार तीन वटा विमानस्थल उद्घाटन गरिएको छ। शनिबार समिट एयरले धनगढीबाट बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायलमा परीक्षण उडान गर्दै विमानस्थल उद्घाटन गरिएको हो।

बन्द अवस्थामा रहेका पहाडी जिल्लाका विमानस्थल पुनर्निर्माण सम्पन्न भएपछि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई उद्घाटन गरेका हुन्।

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाका अनुसार नेपालगञ्जबाट धनगढी आइपुगेको समिट एयरले तीन जिल्लामा परीक्षण उडान गरेको हो।

विमानस्थल उद्घाटनका लागि सुदूरपश्चिम आइपुगेका मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमित हवाई सेवा चाडै सुरु गरिने बताएका छन्। दिपायल विमानस्थलमा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘स्थानीय तथा प्रदेश सरकारबाट पनि नियमित उडानका लागि पहल हुन्छ, हामी केन्द्रबाट पनि त्यसका लागि सहयोग गर्छौँ।’

पुनर्निर्माण भएका विमानस्थलको स्तरोन्नति तथा क्षमता विस्तारका लागि समेत चाँडै पहल गरिने उनले बताएका छन्।

उद्घाटन गरिए पनि नियमित उडान भने एक हप्तापछि मात्रै सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell