PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश २ मा थपिए ५७ संक्रमित



पहिलोपोस्ट

प्रदेश २ मा थपिए ५७ संक्रमित
फाइल फोटो

जनकपुरधामः प्रदेश २ मा शनिबार थप ५७ जनामा कोराना संक्रमण पुष्टि भएको छ। यस्तै, संक्रमणबाट एक जनाको मृत्यु भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी अस्पताल वीरगंज र गजेन्द्रनारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ९ महिला र ४८ पुरुष गरी ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिए।

प्रदेशमा बारामा सबैभन्दा बढीमा संक्रमण पुष्टि भएको छ। जिल्लामा ५ महिला र १४ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै, पर्सामा ३ महिला र १२ पुरुषमा संक्रमण पुष्टि भएको छ। धनुषामा ९ जना, सिरहामा ६ जना तथा रौतहटमा ४ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै, सप्तरीमा ३ जनामा र अन्य प्रदेशका १ जना पुरुषमा कोरोना संक्रमण देखिएको हो।

शनिबार ४ महिला र ४३ पुरुष गरी ४७ जना निको भएर घर फर्केका छन्। योसँगै प्रदेश २ मा संक्रमण जितेर घर फर्कनेको संख्या ११ हजार २४ पुगेको छ।

मतकको संख्या १३८ पुग्यो

संक्रमणबाट प्रदेश २ मा थप एक जनाको मृत्यु भएको छ। सप्तरी तिलाठी कोलाडी गाउँपालिका ५ बनरझुलाका ६८ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरस्थित नाबेल अस्पतालमा मृत्यु भएको निमित्त निर्देशक झाले जानकारी दिए। यो सँगै मृतकको संख्या १३८ पुगेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell