PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

बेङ्गलोर ८ विकेटले विजयी, जारी सिजनमा कोहलीको पहिलो अर्धसतक



पहिलोपोस्ट

बेङ्गलोर ८ विकेटले विजयी, जारी सिजनमा कोहलीको पहिलो अर्धसतक
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई हराएको छ। आबु दाबीमा भएको खेलमा बेङ्गलोरले राजस्थानलाई ८ विकेटले हराएको हो।

खेलमा टस जितेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको थियो।

राजस्थानका लागि लोमरोरले ४७ रन जोड्दा राहुल तेवातियाले २४ रन, जोस बट्लरले २२ रन तथा उथप्पाले १७ रन जोडे।

बेङ्गलोरका लागि युजभेन्द्र चहलले ३, इसुरु उडानाले २ तथा नभदीप सैनीले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्गलोरले चार बल बाँकी छँदै २ विकेट गुमाउँदै लक्ष्य भेट्यायो।

बेङ्गलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक अविजित ७२ रन बनाउँदा देवदत्त पाडिकलले ६३ तथा एबी डिभिलियर्सले १७ रन जोडे। जारी सिजनमा कोहलीको यो पहिलो अर्धसतक हो। उनले ५३ बलमा २ छक्का र ७ चौका प्रहार गरे।

राजस्थानका लागि जोफ्रा आर्चर र स्रेयस गोपालले १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell