PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रदेश १ मा २५५ जनामा कोरोना पुष्टि, आज अहिले सम्मकै धेरै व्यक्तिमा देखियो संक्रमण



फूलमाया पुरी

प्रदेश १ मा २५५ जनामा कोरोना पुष्टि, आज अहिले सम्मकै धेरै व्यक्तिमा देखियो संक्रमण

विराटनगर : प्रदेश १ मा शनिवार २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो।

शनिवार संक्रमण पुष्टि भएकामध्ये सुनसरीमा १२२, मोरङमा १०२, झापामा ६, उदयपुरमा ५, खोटाङमा ४, संखुवासभा र ओखलढुङ्गामा ३/३, धनकुटामा १ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ९८ जनामा संक्रमण देखिएको छ। संक्रमण देखिएकामध्ये ४८ महिला र ५० पुरुष छन्। सुनसरीकै दुहवीमा ३ महिला र ६ पुरुष, इटहरीमा १ महिला र ७ पुरुष, रामधुनी, बराहक्षेत्र र बर्जुमा १/१ महिला, स्थानीय तह नखुलेका ४ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ।

मोरङको विराटनगरमा ३१ महिला र ५६ पुरुष, सुनबर्षीमा ४ महिला र १ पुरुष, ग्रामथानमा १ महिला र ३ पुरुष, कटहरीमा २ पुरुष, उर्लाबारी, रतुवामाई र कानेपोखरीमा १/१ महिला, धनपालथानमा १ पुरुष, झापाको दमकमा १ महिला र १ पुरुष, अर्जुनधारा, कमल, गौरादह र स्थानीय तह नखुलेका १/१ पुरुषको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उता उदयपुरको बेलकामा ५ पुरुष, खोटाङको खोटेहाङमा ४ पुरुष, संखुवासभाको चिचिलामा १ महिला र २ पुरुष, ओखलढुङ्गामा ३ पुरुष, धनकुटाको महालक्ष्मीमा १ पुरुष र प्रदेश १ बाहिरका ९ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ हजार ४३२ पुगेको छ।

प्रदेश १ मा शनिवार २८७ जना डिस्चार्ज भएका छन्। होमआइसोलेसनबाट २६३, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र वि जेनरल अस्पताल हरिनगरबाट ९/९, गढी आइसोलेसन केन्द्रबाट ५ र होटल एशियाटिकबाट १ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३ हजार ७२५ पुगेको छ।

प्रदेश १ मा शनिवार १ हजार २०९ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ९६ महिला र १५९ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। हालसम्म १ लाख २६ हजार ८९० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell