PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

कोलकातासामु दिल्लीले पेश गर्‍यो २२९ रनको विजय लक्ष्य, आयर र शको अर्धशसत



पहिलोपोस्ट

कोलकातासामु दिल्लीले पेश गर्‍यो २२९ रनको विजय लक्ष्य, आयर र शको अर्धशसत
Photo: IPL/Twitter

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज जारी खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्ससामु २२९ रनको विजय लक्ष्य पेश गरेको छ।

टस हारेर ब्याटिङमा उत्रिएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनायो।

शारजाहमा भएको खेलमा दिल्लीका लागि कप्तान श्रेयस आयरले अविजित रहँदै सर्वाधिक ८८ रन जोड्दा पृथ्वी शले ६६ रन, रिसब पन्तले ३८ रन तथा शिखर धवनले २६ रन जोडे।

कोलकाताका लागि आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र कमलेश नगरकोटीलेले १/१ विकेट लिए।

अब केही बेरमा कोलकाता जवाफी ब्याटिङको लागि मैदानमा उत्रिदैँछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell