PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

भिसेरा परीक्षणपछि एम्सले भन्यो : सुशान्तको शरीरमा विषादी भेटिएन, झुन्डिएर आत्महत्या नै हो



पहिलोपोस्ट

भिसेरा परीक्षणपछि एम्सले भन्यो : सुशान्तको शरीरमा विषादी भेटिएन, झुन्डिएर आत्महत्या नै हो

नयाँ दिल्ली : एम्सको फरेन्सिक मेडिसिन विभागले गठन गरेको अनुसन्धान समितिले बलिउड एक्टर  सुशान्त सिंह राजपुतको हत्या नभएको ठहर गरेको छ।छानविन समितिले उनको मृत्युको कारण आत्महत्या ठहर्‍याएको हो। 

'यो झुन्डिएर आत्महत्या भएको केस हो,' छानविन समितिका अध्यक्ष डाक्टर सुधीर गुप्ताले भने। मुम्बईमा जुन १४ मा आफ्नै अपार्टमेन्टमा सुशान्त झुन्डिएको अवस्थामा फेला परेका थिए। 

'उनको शरीरमा अन्य कुनै भागमा चोटपटक देखिएको छैन र झुन्डिनु मृत्युको मुख्य कारण देखिएको छ। हामीले कुनै संघर्षको प्रयास गरेका संकेत शरीरमा उनका कपडाहरुमा पनि देखेनौं,' उनले भने। 

एम्सले भिसेरा परीक्षण गरेको आधारमा यस्तो निचोड निकालेको हो। भिसेर परीक्षणमा उनको शरीरमा विषादीजन्य पदार्थ नदेखिएको एम्सले जनाएको छ। 

मुम्बई प्रहरीले सुरुमा जे रिपोर्ट सार्वजनिक गरेको थियो एम्सको पछिल्लो अनुसन्धानले त्यसैलाई पुष्टि गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell