PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

कोरोना भाइरस संक्रमणकै बीच ३६ वर्षीय युवकको गयो ज्यान



पहिलोपोस्ट

कोरोना भाइरस संक्रमणकै बीच ३६ वर्षीय युवकको गयो ज्यान

काठमाडौं : नवलपुरका एक ३६ वर्षीय युवकको कोरोना संक्रमणकै बीच मृत्यु भएपछि गण्डकी प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

नवलपुरको विनय त्रिवेणी गाउँपालिका-२ दुम्किबासका ३६ वर्षीय युवक १३ गते कोभिड १९ संक्रमण सहित खोकी, श्वासप्रश्वाश तथा कलेजोमा समस्या लिएर भरतपुर अस्पतालको कोभिड आइसीयूमा भर्ना भएका थिए।

उनले लामो समयदेखि मुटु र कलेजोको उपचार गराइरहेका गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ। हिजो साँझ उनको मृत्यु भएको भरतपुर अस्पतालबाट प्राप्त प्रतिवेदनमा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell