PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

४३ जना नयाँ थपिँदा गण्डकीमा संक्रमितको संख्या ४ हजार ५९



पहिलोपोस्ट

४३ जना नयाँ थपिँदा गण्डकीमा संक्रमितको संख्या ४ हजार ५९

काठमाडौं : आज बिहान प्राप्त रिपोर्ट अनुसार ६ जिल्लाका ४३ जनामा कोभिड १९ पोजेटिभ देखिएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ५९ पुगेको छ। एक जना संक्रमितको मृत्यु पनि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरा र चितवन मेडिकल कलेज, चितवन गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ४३ जना संक्रमित भेटिएका हुन्।

चितवन मेडिकल कलेज, चितवनबाट कोरोना संक्रमण पहिचान भएका सबैजना सोही अस्पतालको आइसोलेसनमा रहेका व्यक्ति हुन्। तनहुँ जिल्ला, सुक्लागण्डकीका सबैजना बीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, तनहुँमा कार्यरत (चिकित्सक, अनमी, सुरक्षागार्ड, लेखा र प्रशासन) छन्। लमजुङका सबैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएकाहरु हुन्। उनीहरु सबैलाई आइसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भइरहेको छ।

स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार तनहुँमा ९ जना, लमजुङमा ५ जना, नवलपरासीमा २६ जना तथा गोरखा, बाग्लुङ र स्याङ्जामा एकएक जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell