PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

संघीय संसद् भवन निर्माण जारी, यसरी खट्दैछन् कामदार

संघीय संसद् भवन निर्माण जारी, यसरी खट्दैछन् कामदार

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : सिंहदरबार परिसरमा रहेको पुतली बगैँचामा अहिले संसद भवन निर्माण क्रम जारी छ। कोभिड-१९ महामारीका बीच संसद भवन बन्ने क्रम जारी रहेको हो।

करिब ९ अर्बमा बन्ने भवन ३ वर्षभित्र पूरा गर्ने लक्ष्य छ। केही समयअघि मात्र सभामुख अग्निप्रसाद सापकोटाले निर्माणाधीन भवनको निरीक्षण गरेका थिए। सभामुख सापकोटालाई ठेकेदार टुडी शेप जेभिका कन्ट्रयाक्ट मेनेजर काशिनाथ डोटेलले समयावधि अगावै काम सम्पन्न गर्ने गरी आफूहरु लागिरहेको बताएका थिए।

भवन प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोजमा संसद भवनको शिलान्यास गरेका थिए।

कस्तो हुनेछ नयाँ बन्ने संसद भवन?

विसं २०५५ बाट असार ८ गते तत्कालीन मन्त्रिपरिषद्ले भवन निर्माण गर्ने निर्णय गरेतापनि लामो समयसम्म भवनको काम शुरु हुन सकेको थिएन।

कूल सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ रुपैयाँको लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करीब नौ अर्ब ६० करोड रुपैयाँमा निर्माण हुने भएको जनाइएको छ। भवनमा प्रतिनिधिसभा र राष्ट्रियसभासहित विभिन्न ११ किसिमका संरचना तयार हुनेछन्।

विसं २०६४ देखि संसद् भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आइरहेको छ। त्यसभन्दा अगाडि सिंहदरबारको संसद् भवन भूकम्पका कारण भत्किएको छ। विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनमा सिंहदरबारस्थित भवनमा तत्कालीन संविधानसभाका सदस्य नअटाउने भएपछि सम्मेलन केन्द्रमा बैठक बस्दै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell