PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

फेसबुक म्यासेन्जरमा बुहारीलाई गाली गर्ने पूर्व डिएसपीलाई ५० हजार जरिवाना र १५ दिन कैद



पहिलोपोस्ट

फेसबुक म्यासेन्जरमा बुहारीलाई गाली गर्ने पूर्व डिएसपीलाई ५० हजार जरिवाना र १५ दिन कैद

काठमाडौं : नेपाल प्रहरीका पूर्व नायब उपरीक्षक ( डिएसपी) कृष्णबहादुर खड्कालाई विद्युतीय कारोबार ऐनमा ५० हजार जरीवाना र २५ हजार क्षतिपूर्तीको फैसला सुनाएको छ। काठमाडौं जिल्ला अदालतका न्यायधीश रामप्रसाद न्यौपानेको एकल इजलासले यस्तो फैसला सुनाएको हो।

२०७५ असोजमा पूर्व डिएसपी खड्कालाई महानगरीय अपराध महाशाखाको टोलीले आफ्नै बुहारीलाई फेसबुकमार्फत गालीगलौज गरेको आरोपमा नियन्त्रणमा लिएको छ। खड्काकी बुहारी सुमना खड्काले साइबर अपराध भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। १५ दिनसम्म प्रहरी नियन्त्रणमा रहेका खड्का अदालतको आदेशमा १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।

अदालतको फैसलामा भनिएको छ,'प्रतिवादीको उमेर अवस्था, कसुर गर्दाको परिस्थिति समेतलाई हेर्दा प्रस्तुत मुद्दाका प्रतिवादीलाई न्यूनतम सजाय गर्दा पनि कानुनको मकसद पुरा हुने देखिँदा प्रतिवादी कृष्णकुमार खड्का क्षेत्रीलाई विद्युतीय (इलेकट्रोनिक्स) कारोबार ऐन, २०६३ को दफा ४७(१). विपरीतको कसुरमा सोही ऐनको दफा ४७(१) बमोजिम रु.५०,०००।(पचास हजार) जरिवाना हुने ठहर्छ। साथै जाहेरवाला पीडितलाई पुग्न गएको मानसिक पीडासमेत बापत प्रतिवादी कृष्णकुमार खड्का क्षेत्रीबाट जाहेरवाला पीडित मधु शाह भन्ने सुमना खड्कालाई रु.२५,०००।- (पच्चीस हजार) क्षतिपूर्ति भराई दिने ठहर्नुका साथै दसीको रूपमा बरामद मोबाइल फोन थान १ जफत हुने ठहर्छ।'

उनीहरूबीच अंशको जग्गाको विषयमा विवाद भएपछि पूर्व डिएसपी खड्काले आफ्नो बुहारीलाई फेसबुक म्यासेन्जरमा अश्लील गालीगलौज गरेको देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell