PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेकाहरु रेस्टुराँ भित्रबाटै पक्राउ

हुम्लामा सीमा मिचिएको भन्दै प्रदर्शन गर्न पुगेकाहरु रेस्टुराँ भित्रबाटै पक्राउ

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : चीनले नेपालको हुम्लामा सीमा मिचेको भन्दै स्वतन्त्र नेपाली नागरिक समूहले प्रदर्शन तयार गरिरहँदा प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई प्रहरीले चिनियाँ दूतावास नजिकै रहेको निगालो द गार्डेन रेस्टुराँ भित्रै पसी पक्राउ गरेको हो। 'ब्याक अफ चाइना : चीन तपाईं हाम्रो भूमि अतिक्रमण गर्न सक्नुहुन्न' लेखिएको ब्यानर बोकेर प्रदर्शन तयारी गरिरहेकै बेला उनीहरुलाई पक्राउ गरेको हो।

समूहले मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल चीन नाकासमेत खुला गर्न माग गर्ने तयारी रहेको थियो। ४० भन्दा बढी प्रदर्शनकारी पक्राउमा परेको सिजर भट्टले जानकारी दिए। 'चीनले मिचेको भूमि फिर्ताको मा गर्दै हामी प्रदर्शनमा पुगेका थियौं, प्रहरीले पक्रेर मालीगाउँको चौरमा ल्याएको छ,' भट्टले भने।

 



ट्रेन्डिङ पोस्ट

Ncell