PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

म्याद सकिएको सामान बिक्री गर्न लागेको भन्दै फेरि कलंकीको एक घरमा प्रहरीको छापा



पहिलोपोस्ट

म्याद सकिएको सामान बिक्री गर्न लागेको भन्दै फेरि कलंकीको एक घरमा प्रहरीको छापा

काठमाडौं : प्रहरीले कलंकीको एक घरमा छापा मारेको छ।

म्याद सकिएको सामाग्री राखेर नयाँ म्याद थप गरी बेच्न लागिएको अवस्थामा रहेको जानकारी पाएपछि छापा मारेको हो। महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले छापा मारेको हो।

'हामीलाई म्याद सकिएको सामानमा फेरि अर्को मिति राखेर बिक्री भइरहेको जानकारी आएपछि टोली गएको छ। थप अनुसन्धान जारी छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।

केही दिनअघि मात्र प्रहरीले म्याद गुज्रिएका खाद्यवस्तु रिलेबलिङ गरी बिक्री गर्ने पसल संचालक र कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। कलंकी र बाफल क्षेत्रमा सञ्चालित दुई पसलमा म्याद गुज्रिएका खाद्यवस्तुमा नयाँ म्याद राखेर बिक्री गरेको पाइएपछि गोदाम सिल समेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell