PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बलिउड ड्रग्स कनेक्सनमा अक्षयको सन्तुलित वयान



पहिलोपोस्ट

बलिउड ड्रग्स कनेक्सनमा अक्षयको सन्तुलित वयान

सुशान्तसिंह राजपूतको मृत्युसँग जोडिएको बलिउड ड्रग्स कनेक्शनमा अभिनेता अक्षय कुमारले सन्तुलित वयान दिएका छन्।

उनले राज्यको कानुन अनुसारको अनुसन्धानलाई समर्थन गरेका छन् भने बलिउड उद्योगको प्रतिष्ठामा आँच आउन नदिन पनि बोलेका छन्।

शनिवार साँझ ट्वीटरमा एक भिडियो पोस्ट गर्दै अक्षयले बलिउडमा लागुऔषध दुर्व्यसनीको समस्या भए पनि सबैले सेवन गर्छन् भन्ने बुझाई गलत भएको बताए। ‘हाम्रो कानुन र अदालतले मुद्दाको जाँचका आधारमा सहि फैसला लिने मेरो पुरा विश्वास छ,’ उनले भनेका छन्। उनले फिल्म इण्डस्ट्रीलाई बदनाम दुनियाजस्तो नजरबाट नहेर्न अनुरोध पनि गरेका छन्।

उनले फिल्म इण्डस्ट्रीलाई बदनाम दुनियाजस्तो नजरबाट नहेर्न अनुरोध पनि गरेका छन्। इण्डस्ट्रीमा भएका विकृतिलाई सुधार गर्दै जानुपर्ने र अहिलेको छानविनमा सबै कलाकारले साथ दिने उनको भनाई छ।

एकातिर कानुनलाई विश्वास गरेर अहिले भइरहेका छानविनलाई अक्षयले समर्थन गरेका छन् भने अर्कोतिर उद्योगको बचाउ गरेका छन्। त्यसैगरी अक्षयले मिडियालाई अलि सम्वेदनशील भइदिएर मुद्दा उठाइदिन पनि अनुरोध गरेका छन्।

अक्षयको टिप्पणीलाई बलिउडकर्मीले समर्थन गरेका छन्। दर्शकले पनि सन्तुलित विचार भन्दै टिप्पणी गरेका छन्।

लागुऔषध दुर्व्यसनीमा रिया चक्रवर्तीदेखि दीपिका पादुकोण, सारा अली खान, श्रद्धा कपूर, रकुलप्रीत सिंहजस्ता कलाकार एनसीबीको छानविनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell