PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

रत्नपार्कबाट लठ्याउने ‍औषधी खुवाएर १७ वर्षीया किशोरीलाई भक्तपुर लगेर करणी



पहिलोपोस्ट

रत्नपार्कबाट लठ्याउने ‍औषधी खुवाएर १७ वर्षीया किशोरीलाई भक्तपुर लगेर करणी

काठमाडौंः प्रहरीले १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले  सिन्धुपाल्चोक चौतारा साँगचोकगढी नगरपालिका १० बस्ने २२ वर्षीय निरकुमार खड्का र जुगल गाउँपालिका ४ पाङताङ बस्ने २१ वर्षीय सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।उनीहरुले शुक्रवार किशोरीलाई बिहान ११ बजेतिर रत्नपार्कमा पानीमा लठ्याउने औषधी मिसाएर खुवाई रत्नपार्कबाट भक्तपुरसम्म बसमा लगेर जवर्जस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ।

उनीहरुले शनिवार बिहान १० बजेतिर सूर्य विनायकस्थितमा नम्बर नखुलेको बस भित्र जबरजस्ती करणी गरेको प्रहरीले जानकारी दिएको छ। त्यस्तै बिहान ११ बजेदेखि राति साढे ९ बजेको समयमा चाँगुनारायण नगरपालिका वडा नम्वर ८ लिवालीस्थित रहेको तवियाखुशी खोलाको किनारमा पार्किङ गरी राखेको बा. ३ ख. २६१२ नम्बरको बस भित्र जवर्जस्तिकरणी गरेको जानकारीपछि उनीहरुलाई नियन्त्रणमा लिइएको थियो।

आइतवार उनीलाई भक्तपुर जिल्ला अदालतमा पेश गरी जवर्जस्ती करणी सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकरी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell