PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

बयोधा अस्पतालले शुरु गर्‍यो ओपिडी क्लिनिक



पहिलोपोस्ट

बयोधा अस्पतालले शुरु गर्‍यो ओपिडी क्लिनिक

वीरगंज : नारायणी बयोधा अस्पताल गण्डक वीरगंजले आइतवारदेखि सिटी क्लिनिक सञ्चालनमा ल्याएको छ। लिंकरोडमा भवानी हस्पिटल अगाडि सिटि क्लिनिक सञ्चालनमा आएको हो।

अस्पतालका सञ्चालक एवं उद्योगी अशोक वैद्यले सिटि क्लिनिकको उद्घाटन गरेका हुन्। वीरगंज बजार क्षेत्रका विरामीको सेवाका लागि अस्पतालले घण्टाघर र बसपार्कको बीचको लिंकरोडमा सिटि क्लिनिक सञ्चालनमा ल्याएको जनाइएको छ।

अहिलेको अस्पताल वीरगंज २३ परसौनीविर्ता र परवानीपुर गापाको चैनपुरको क्षेत्रको दोसाधमा गण्डक नजिकै वीरगंजबाट ४ किलोमिटरको दुरीमा पर्छ। अधिकांश विरामी सवारी साधनबाट घण्टाघरमा ओर्लिन्छन्। बजार क्षेत्रमा क्लिनिक सञ्चालनमा आएपछि विरामी बढाउन सकिने अस्पतालको लक्ष्य रहेको छ।

करिब १ अर्ब भन्दा बढिको लगानीमा एक वर्ष पहिले सञ्चालनमा ल्याएको अस्पतालको सिटि क्लिनिकमा दैनिक ओपिडी सेवा, एक्सरे, ईको, भिडियो एक्सरे, टिएमटि, प्याथोलोजी रिपोर्ट घरमै पुर्‍याउने सुविधासहितको सेवा शुरु गरेको छ।

अस्पतालको निर्देशक राजकुमार बैद्यको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रजनीश भारतीलगायत सीमित व्यक्तिको उपस्थिति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell