PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट



राधेश्याम पटेल

सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट

वीरगंज : सनराइज बैंक वीरगंज शाखा र प्रभु हस्पिटल पानीट्यांकी वीरगंजबीच स्वास्थ्य बिमा सम्झौता भएको छ। सनराइज बैंकमा बचत खाता भएका ग्राहकलाई अस्पतालमा उपलब्ध सबै सेवामा १५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा अभिषेक अर्यालले बताए।

त्यसैगरी, सनराइज बैंकका कर्मचारीहरुलाई २० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ। सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा अन्तर्गत प्रभु अस्पतालसँग सेवा उपलब्ध गराउने सम्झौता हुनु खुशीको कुरा भएको बताएको छ।

प्रभु अस्पतालले यसअघि प्रभु फाईनान्ससँग पनि सम्झौता गरिसकेको छ। अन्य बैंकहरुसँग पनि स्वास्थ्य बिमा सम्झौता गर्दै जाने अस्पतालका सञ्चालक डा मनोज गुप्ताले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell