PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

कालोपत्रे गर्न सडक सफा गर्दा धुलोले ढाकियो पुतलीसडक

कालोपत्रे गर्न सडक सफा गर्दा धुलोले ढाकियो पुतलीसडक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : पुतलीसडक क्षेत्रमा सडक कालोपत्रे गर्ने कार्य थालिएको छ। कालोपत्रे गर्नुअघि आज सडकको धुलो सफा गरिएको थियो।

सोही कारण आज पुतलीसडक धुलोले ढाकिएको थियो। सो सडक भएर आवतजावत गर्ने पैदल यात्रुलाई धुलोको कारण सास्ती भएको थियो।

ढल निर्माण गर्ने क्रममा भत्काइएको सडक कालोपत्र गर्न शुरु गरिएको हो। आज धुलो सफा गरेर १/२ दिनमा कालोपत्रे गरिसकिने बताइएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell